नियम १९७
केन्द्रीय लेखा राख्ने दायित्व
(१) यस नियमावली बमोजिम सम्बन्धित कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट विवरण लिई जिल्ला विकास समिति र अख्तियारी पठाउने कार्यालयले केन्द्रीय लेखा राख्नु पर्नेछ ।
(२) आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र यस्तो लेखा जिल्ला विकास समितिले मन्त्रालयमा र अख्तियारी पठाउने कार्यालयले महालेखा नियन्त्रक कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।